टी-२० वरीयतामा नेपाल १३औं स्थानमा

काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पछिल्लो टी-२० वरीयतामा नेपाल १३औं स्थानमा झरेको छ। यसअघि नेपाल १२औं स्थानमा थियो।

ओमानमा सोमबार सम्पन्न चारदेशीय टी-२० मा तीन खेलमध्ये एक खेल मात्र जितेको नेपालको वरीयता खस्किएको हो। 

नेपालले पहिलो खेलमा ओमानलाई पराजित गरेको थियो। तर त्यसपछि युएई र आयरल्याण्डसँग लगातार पराजित भयो।

आयरल्याण्डलाई नेट रनरेटले पछि पार्दै सिरिजको उपाधि जितेर यूएई नेपाललाई पछि पार्दै १२औं स्थानमा उक्लेको छ। एसोसिएटमा यूएई सबैभन्दा अघि रहेको छ। नेपालपछि स्कटल्याण्ड १४औं स्थानमा छ भने टेष्ट नेसन आयरल्याण्ड १५औं स्थानमा छ। ओमान १८औं स्थानमा छ।

इंग्ल्याण्ड वरीयताको शीर्ष स्थानमा छ भने भारत दोस्रो, पाकिस्तान तेस्रो स्थानमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×