काठमाडौँ - बलिउड फिल्म प्रायः दीपावलीलाई लक्षित गरेर रिलिज गर्ने प्रतिस्पर्धा नै चल्छ। फिल्मले बक्स अफिसमा अचम्मको कमाई गरेको रेडर्क पनि रहेको छ। तर, यसपटक त्यस्तो देखिएन। यसपटक दीपावलीको अवसरमा ३ फिल्म रिलिज हुँदैछन्।
मिडिया रिपोर्टमा अनुसार राम सेतु, थ्यांक्स गड र हरहर महादेव तर दीपावलीजस्तो ठूलो पर्व भए पनि यी फिल्मले अग्रिम बुकिङ गरेर १ करोड रुपैयाँ पनि कमाउन सकेका छैनन्।
अक्षय कुमारको आगामी फिल्म ‘राम सेतु’लाई लिएर दर्शकमा खासै उत्साह छैन। यो वर्ष अक्षयका फिल्म फ्लप सावित भइरहेका छन्। योसँगै यो फिल्मको अग्रिम बुकिङमा हालसम्म ३५ हजार १८४ टिकट मात्र बिक्री भएको छ। हिन्दी र तमिल भाषामा रिलिज हुन लागेको फिल्मले अग्रिम बुकिङबाट मात्रै ९१ लाख ८४ हजार कमाएको छ।
अजय देवगनले आफ्नो आगामी फिल्मको प्रचारप्रसार गरिरहेका छन्। साथमा ‘थ्याङ्क गड’को अवस्था ‘राम सेतु’भन्दा पनि खराब छ। रिपोर्टका अनुसार फिल्म ‘थ्याङ्क गड’को मात्र २५ हजार १४२ टिकट बिक्री भएको छ। अग्रिम बुकिङबाट कमाइ गर्ने कुरा गर्ने हो भने ७५ करोडमा बनेको यो फिल्मले ६२.६२ लाख मात्रै कमाएको छ।