काठमाडौँ - अभिनेता सबिन श्रेष्ठले काठमाडौंका सार्वजनिक शौचालयमा नि:शुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराएका छन्।
सबिन र उनकी प्रेमिका अभिनेत्री अनु शाहले काठमाडौँका ५द वटा सार्वजनिक शौचालयमा महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने सेनेटरी प्याडसहितकको बाकस राखेका हुन्।
केही दिनअघि सबिनले काठमाडौँका ५ सार्वजनिक शौचालयमा सेनेटरी प्याडसहितकको बाकस राख्ने बताएका थिए। उक्त प्रतिबद्धताअनुसार उनीहरुले गौशाला, नयाँ बसपार्क, रत्नपार्क, भृकुटीमण्डप र स्वयम्भुमा सार्वजनिक शौचालयमा बक्ससहित निशुल्क महिनावारी प्याड राखेका छन्।
सबिनले बाचाअनुसार काठमाडौँको ५ सार्वजनिक शौचालयमा बक्ससहित सेनेटरी प्याड राख्दा खुसी लागेको बताएका छन्। काठमाडौँ महानगरपालिकाको अनुमति लिएर मात्रै शौचालयमा स्यानिटरी प्याड राखेको उनले बताएका छन्।