काठमाडौँ। नेपाली चलचित्र उद्योगका निर्देशक मिलन चाम्सले नयाँ चलचित्र बनाउने घोषणा गरेका छन्। उनले एक फुटबल खेलाडीको जीवनमा आधारित चलचित्र बनाउने निर्णय गरेका छन्। चलचित्रको वर्किङ टाइटल ‘एन्जिला’ रहेको छ। र, चलचित्र राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहनेछ। खबरका अनुसार कुमार श्रेष्ठले निर्माण गर्ने चलचित्रेमा दयाहाङ राई र सिर्जना सुब्बा पनि मुख्य भूमिकामा देखिनेछन्। यम थापाको स्क्रिप्ट रहने चलचित्रको छायांकन अर्को वर्ष बाट सुरु गरिनेछ।