राजेश हमाललाई बलिउड चलचित्रबाट अफर

काठमाडौँ। नेपाली चलचित्रका अभिनेता राजेश हमाल बलिउड चलचित्रमा देखिने भएका छन्। भारतीय निर्माता राजेश चौधरीले हमाललाई लिएर चलचित्र बनाउने तयारी गरेका हुन्। चलचित्रभन्दा अघि चौधरीले निर्माण गरेको हिन्दी गीतको भिडियोमा हमाल देखिनेछन्। हाल सोहि भिडियो सार्वजनिक गर्न हमाल मुम्बई पुगेका छन्। हमालले सामाजिक सञ्जालमार्फत आफु मुम्बई पुगेको जानकारी दिएका छन्।

नेपाल र भारतमा छायांकन भएको हमालको गीत ‘चेहरा’ मंगलवार मुम्बईमा सार्वजनिक गरिएको छ। गीतमा नेपाली मोडल नीति शाहलाई पनि देखिनेछ। हमालले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै भनेका छन् "मुम्बईमा म धेरै वर्षपछि आएको हुँ। तर, यसअघि धेरै पटक आइसकेको छु। मुम्बई शहरले मलाई बेग्लै उर्जा दिने गर्छ।"

त्यसैगरि निर्माता चौधरीले भनेका छन् "राजेश हमाल सर चाँडै एउटा हिन्दी गीतमा पनि देखिनुहुनेछ। बलिउड फिल्मको पनि तयारी भइरहेको छ। उहाँसँग सहकार्य गर्नका लागि उत्साहित छु।"

‘हिन्दी फिल्ममा तपाईं कसको फ्यान हो ?’ भन्ने प्रश्नको उत्तरमा हमालले भने "हिन्दी फिल्ममा म सबै कलाकारको फ्यान हुँ। बलिउडमा धेरै राम्रो कलाकारहरु हुनुहुन्छ। तर, सबैको बाप त अमिताभ बच्चन हुनुहुन्छ। मुम्बई आफैंमा फिल्मको शहर हो। त्यसैले मुम्बई आउँदा मलाई खुसी महशुस हुन्छ।"
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×