काठमाडौँ। नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’को पहिलो झलक सार्वजनिक गरिएको छ। एभरेष्ट सूर्या बोहोराको लेखन र निर्देशन रहेको चलचित्रमा विक्रम डि जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, एभरेष्ट सूर्य बोहोरा, विल्सनविक्रम राई, विक्रान्त बस्नेत, सबिता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्त आदि कलाकारहरुको अभिनय रहेको छ। सत्यघटनामा आधारित चलचित्र युके र नेपालमा छायांकन गरिएको हो। हिराल जोशी र विक्रम डि जोशी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता सिर्जना जोशी महर्जन रहेकी छिन्। निर्देशक बोहोरा र विक्रमको कथा रहेको चलचित्रमा बोहोरा र अभिमन्यु निरवीको पटकथा र संवाद रहेको छ। आरआर फिल्मस्ले बितरण गर्ने चलचित्रको डिजिटल राइटस् ओएसआर डिजिटलले लिएको छ। महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मसको सहकार्यमा वीरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्र आगामी चैत ११ गते प्रदर्शन हुनेछ। सबिता गुरुङ सह–निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, सम्राट बस्नेतको द्वन्द्व र मित्र डि गुरुङको सम्पादन रहेको छ।