काठमाडौँ । युवाले सुन्दर युवती देखेपछि मनमा आउने रोमाञ्चकभावलाई समेटेर तयार पारिएको ‘एकै नजरमा’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक बिक्की परियारको स्वरमा सजिएको यस गीतमाशब्द विष्णुबाबु देवकोटाको रहेको छ । टीका दाहालले सङ्गीतवद्ध गरेको गीतमा राहुलप्रधानले सङ्गीत संयोजन गरेका छन् । कालिञ्चोकमा छायाङ्कन गरिएको म्युजिक भिडियो बुद्ध थापाले छायाङ्कन गरेका हुन् । विकास लामिछाने र बिना राउतले भिडियोमा अभिनय गरेका छन्।
भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन । केशवराज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो । सङगीतकार दाहालको आधिकारिक च्यानल ‘टीका दाहाल म्युजिक’मार्फत् भिडियो सार्वजनिक भएको जनाइएको छ ।