काठमाडौँ। देशभरका उच्च र जिल्ला अदालतमा अबदेखि गोला प्रक्रियाबाट पेशी तोक्ने निर्णय सर्वोच्च अदालतको फूलकोर्ट बैठकले गरेको छ। यो निर्णय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले गरेको हो। तर, स्रोतका अनुसार सर्वोच्चपछि उच्च र जिल्ला अदालतमा गोलाप्रथा लागु गर्ने कुराप्रति न्यायाधीश ईश्वर खतिवडाले असहमति जनाएका छन्। न्यायाधीश खतिवडाले भने गोला प्रथा लागु गर्दा न्यायाधीशहरुको विवेकमा विश्वास नगर्ने अपमानजक कुरा भएको विषय उठाएका थिए। स्रोतका अनुसार खतिवडाले गोलाप्रथा लागु गरेर न्यायापालिका सुधार नहुने टिप्पणी पनि गरेका छन्। सुरुमा बार र न्यायाधीशहरु आन्दोलनमा उत्रिँदा गोलाप्रथा लागुको कुरा उठेको थियो। तर, सो कुरा लागु हुने भएपछी अगाडी गोला प्रथाको माग गर्ने तर भित्रबाट त्यो लागु गर्न नचाहने न्यायाधीशहरुको भाव बुझिदै गयो। अझै कतिपय न्यायाधीशहरु आफैँ गोला तान्दैनन्। कर्मचारीले तानेको गोलामा उनीहरु इजलास बस्ने गरेका छन्। न्यायालय सुधारको लागि भनेर गरिएको आन्दोलन व्यक्तिगत स्वार्थ पूरा गर्नको लागि मात्रै हो रहेछ भन्ने पुष्टि भएपछि अहिले आन्दोलनमा उत्रिएको बार र हड्ताली न्यायाधीशहरुलाई ठूलो मार्का परेको छ।
साभार : रिपोर्टस नेपाल