गण्डकी प्रदेशको प्रदेशस्तरीय सुरक्षा समितिको बैठक आज पोखरामा बस्दैछ। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र प्रहरी महानिरीक्षक दानबहादुर कार्की सहभागी छन्।
बैठकमा आगामी निर्वाचनको सुरक्षा व्यवस्था, प्रदेशका सुरक्षा चुनौती र त्यसको समाधानका उपाय बारे छलफल गरिने जनाइएको छ। नियमित भए पनि निर्वाचन नजिकिँदै गर्दा यो बैठकलाई विशेष महत्व दिइएको छ।