गायक बुढाथोकीको नयाँ गीत ‘आफै कुरो बुझ मायाले..’ बजारमा

काठमाडौँ - गायक राजेन्द्र बुढाथोकीको पछिल्लो सांगितिक कोशेली ‘आफै कुरो बुझ मायाले’ बजारमा आएको छ। त्रिमुर्ति इन्टरटेन्मेन्टको प्रस्तुती रहेको सो गीत आइतबार साँझ युटुव च्यानलमार्फत रिलिज भएको हो।

यसअघि गायक बुढाथोकीका तीनवटा गीत ‘टालाटुली बटुली’, ‘भन्नुहुन्थ्यो बा’ले’, ‘सुगर फ्रि भर्सेज रसबरी’ चर्चाको शिशखरमा थिए। अघिल्ला गीतको चर्चा र सफलताकै कारण यो गीत बजारमा ल्याउन प्रेरणा मिलेको गायक बुढाथोकीको भनाई छ।

यो गीतमा लोकराज अधिकारीको शब्द र संगीत रहेको छ। गीतमा गायक बुढाथोकीसंगै अहिलेकी चर्चित गायिक रचना रिमालको समेत स्वर सुन्न सकिन्छ। दिपक शर्माले संगीत निर्देशन गरेको उक्त गीतको पुरुषोत्तम सुबेदीले एरेन्ज गरेका हुन भने उत्तम श्रेष्ठले निर्देशन गरेका हुन्। नरेश बिसीले रेकर्ड गरेको उक्त गीतको भिडियोमा अमर दाहाल, अमृत दाहाल, समिप निरौला, आभा थापा र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ।

गीतले मान्छेमा हुने असमझदारीका कारण निम्तिने समस्यालाई उजागर गरेको छ। त्यसैले पनि यो गीतले समाजको यथार्थलाई प्रस्तुत गरेको गायक बुढाथोकीले बताएका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×