नेफ्टा अवार्डको ११औं संस्करण घोषणा, टेक्सासमा आयोजना हुने

काठमाडाैँ - नेफ्टा फिल्म अवार्डको ११औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ। अवार्ड कार्यक्रम २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले जानकारी दिएको छ।

‘डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायांकन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागेका हौं,’ नेफ्टा अध्यक्ष पुष्कर लामाले भने।

फिल्मको अन्तर्राष्ट्रियकरण प्राविधिक संघको कार्यभार बनेको उनको भनाइ छ। अवार्ड आयोजनाले नेपाल र अमेरिका बीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउन सहयोग पुग्ने उनको विश्वास छ।

अवार्ड आयोजनका लागि गैरआवासीय नेपाल संघ र कूटनीतिक नियोगसँग पनि समन्वय गर्ने उनले बताएका छन्। कोरोना महामारीको कारण अघिल्लो वर्ष अवार्ड हुन सकेको थिएन तर महामारीपछि फिल्म क्षेत्र लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको हो।

यसपटकको संस्करणमा २०७९ सालभित्र रिलिज भएका फिल्मले प्रतिस्पर्धा गर्ने भएका छन्। कूल ४२ विधामा वितरण हुने अवार्डमा जुरीले वैशाखमा फिल्म हेर्ने कार्यक्रम छ। नेफ्टाले यसअघि मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड आयोजना गरिसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×