काठमाडौँ - दिपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म ‘दुई नम्बरी’को प्रदर्शन मिति र पोस्टर सार्वजनिक भएको छ। सोमबार निर्माण पक्षले फिल्मको पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरेका हुन्।
निर्माण पक्षले फिल्मको दुई पोस्टर सार्वजनिक गरेको छ। पहिलो पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, उग्येन छोदेन र उपासना सिंह ठकुरी फिचर्ड छन् भने दोस्रो पोस्टरमा दयाहाङ र सौगात मल्ललाई मात्र देख्न सकिन्छ।
निर्देशक लामाले नै फिल्म लेखेका हुन्। रेर्ड बर्ड पोडक्सनको ब्यानरमा बनेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका छन्। फिल्मका लगानी कर्ता दिपक मनांगे, अमला देवी राई र जयेश श्रेष्ठ रहेका छन्।
फिल्ममा मुख्य कलाकारसँगै पुस्कर गुरुङ, सारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला लगायत कलाकारको अभिनय रहेको छ। फिल्म कात्तिक ४ गतेबाट देशभर प्रदर्शनमा आउनेछ।