चोरीको आरोप प्रमाणित नभए संगीकार खड्काले वसन्तविरुद्ध मुद्दा दायर गर्ने

काठमाडौँ। संगीतकार महेश खड्काले अर्का संगीतकार वसन्त सापकोटाविरुद्ध मानहानीको मुद्दा हाल्ने जानकारी दिएका छन्।  संगीतकार सापकोटाले खड्कालाई संगीत चोरेको आरोप लगाएका छन्, जसपछी खड्काले आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। र, आरोप प्रमाणित नभए मानहानीको मुद्दा हाल्ने जनाएका हुन्।

राजधानीमा शुक्रबार भएको पत्रकार सम्मेलनमा संगीतकार खड्काले संगीतकार सापकोटाले लगाएको संगीत चोरीको आरोप निराधार रहेको बताएका छन्। बौद्धिक सम्पती चोरीको विषयमा कानूनी उपचार नखोजी संगीतकार सापकोटाले मिडियाबाजी गरेर आफ्नो प्रतिष्ठामा आँच पुर्याएको आरोप पनि खड्काले लगाएका छन्।

गायक प्रमोद खरेल र बालगायिका रुक्साना लिम्बूले गाएको ‘नोगेन’ बोलको गीतमा रहेको संगीतको केही अंश चोरेको आरोप संगीतकार वसन्त सापकोटाले खड्कालाई लगाएका हुन्। एक सार्वजनिक कार्यक्रममा संगीतकार सापकोटाले आफ्नो संगीत रहेको नेपाली चलचित्र ‘सिलसिला’ को गीत ‘सागर सरी चोख्यो माया’ बाट संगीतको केहि अंश खड्काले चोरी गरेको आरोप लगाएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×