विवाहको तयारीमा सलोन बस्नेत

काठमाडौँ। नेपाली चलचित्रका अभिनेता सलोन बस्नेतले आफु प्रेमसम्बन्धमा रहेको खुलाएका छन्। केही वर्षअघि भिनेत्री करिश्मा श्रेष्ठसँग प्रेमसम्बन्धमा रहेका सलोनले आफ्नो नयाँ  प्रेमीका सार्वजनिक गरेका छन्। श्रेष्ठसँग ब्रेकअप भएपछी सलोनले यो वर्षको भ्यालेन्टाइन डेमा आफ्नी नयाँ प्रेमिका करिश्मा केसीसँगको तस्बिर सार्वजनिक गरेका हुन्।

खबरका अनुसार जोडी करिब ३ वर्षदेखि प्रेमसम्बन्धमा रहेका छन्। तर, उनले आधिकारिक रूपमा यसको पुष्टि भने गरेका थिएनन्। स्रोतका अनुसार जोडी विवाहको तयारीमा रहेको पनि जनाईएको छ। करिश्मा चलचित्र उद्योगसँग सम्बन्धित छैनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×