जापानका दुई दर्जन सहरमा कबड्डी ४ प्रदर्शन हुने

काठमाडौँ - नेपाली चलचित्र कबड्डी ४ जापानका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ। जुन ५ तारिख आइतबार कबड्डी ४ राजधानी टोकियोमा प्रदर्शन हुनेछ। नेपालमा दर्शकहरूबाट राम्रो साथ पाइरहेको चलचित्र कबड्डी ४ टोकियोको नाकानो जेरो हलमा प्रदर्शन हुने भएको हो। 

'हामीले जापानको नेपाली चलचित्रको इतिहासा पहिलोपल्ट २० वटा सहरहरूमा दुई दर्जन शो प्रदर्शनको तयारी गरिसकेका छौं,' जापानमा चलचित्र वितरणको जिम्मा पाएका  संयोजक सुभास लामिछानेले भने, 'हाम्रो सोच कोरोना महामारीपछि दैनिकी सामान्य बन्दै गइरहेको बेला राम्रो चलचित्र जापानका नेपालीले हेर्न पाऊन् भन्ने हो।' 

टोक्यो बाहेक नागोया, ओसाका, कोबे, फुकुओका, ओकिनावा, तोचिगी, सीजुओखा, निगाता, क्योतो, सेन्दाईलगायतका सहरहरूमा चलचित्र प्रदर्शनको तयारी गरिएको छ।

आयोजकका अनुसार टोक्योस्थित नाकानो जेरो हलको १३ सयसिट क्षमता रहेकोमा करिब १ हजार वटा टिकट बिक्री भइसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×