काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारका मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिने भएका छन्।
समृद्धि, विकास र सुशासनका लागि वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिबद्धताका कार्यान्वयन, विकासका प्राथमिकता र सुशासन प्रवर्द्धनका लागि प्रभावकारी कार्यसम्पादन गर्न आज अपराह्न सिंहदरबारमा मन्त्री तथा सचिवहरूको संयुक्त बैठक बस्ने तयारी भइरहेको छ।
सो संयुक्त बैठकमा प्रधानमन्त्री देउवाले निर्देशन दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो।