बारा -बाराबाट प्रहरीले दुई हजार ९९० थान प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही जिल्लाको पर्सा गाउँपालिका–२ सङ्ग्रामपुर बस्ने वर्ष २० को मिथिलेशकुमार मण्डल रहेका छन्।
सर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना७ख २६८१ नंको सुपर राजेश डिलक्स यात्रुबाहक बस रोकी जाँच गर्दा उक्त बसको पछाडि डिकीमा लुकाइ ल्याएको डाइजेपाम ९९७ थान, फेनारगन एक हजार थान र नुर्फिन ९८६ थान बरामद गरिएको थियो।
पक्राउ परेका मङ्गललाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।