मृगौला प्रत्यारोपणमा अर्थाभाव

बागलुङ -  ताराखोला गाउँपालिका–५ करिमेलाका २५ वर्षीय सङ्कल रोका मिर्गौला रोगबाट ग्रस्त छन्। दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनमा अर्कैको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था छ। छ महिनाअघि रोजगारीका लागि विदेश जानुपूर्व स्वास्थ्य जाँच गर्दा रोकामा मिर्गौलाको समस्या देखिएको थियो।

त्यसअघि तीन वर्ष कतार र एक वर्ष युएईमा काम गरेर फर्केर उनी पुनः रोजगारीका लागि बहराइन जाने तयारीमा थिए। अकस्मात मिर्गौलामा समस्या देखिएपछि उनी विदेश जान नपाई घर फर्किए। कमाउन विदेश हिँडेका रोका उल्टै बिरामी परेर घर फर्केपछि परिवारमा पनि समस्या आइपरेको छ।

मिर्गौलाको महँगो उपचार र प्रत्यारोपण कसरी गर्ने भन्ने पिरलो थपिएको छ। न्यून आय भएको उनको परिवारले उपचार खर्च धान्न सक्ने स्थिति छैन। शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र र वीर अस्पताल काठमाडौँमा स्वास्थ्य जाँच गराउँदा चिकित्सकले दुवै मिर्गौलाले काम नगरेको बताएका थिए।

रोकामा मिर्गौला प्रत्यारोपण नै गर्नुपर्ने भएपछि आवश्यक खर्चको जोहोका लागि परिवारजनले सहयोगको याचना गरेका छन्। आमा बिरमाको मिर्गौला दान दिने तयारी गरे पनि स्वास्थ्य जटिलताका कारण चिकित्सकले दिन नमिल्ने बताएको रोकाका बुबा भीमबहादुरले बताए।

भीमबहादुरले मिर्गौला दिने दाताको खोजी भइरहेको बताए। “मिर्गौला दिने कोही त भेटिनुहोला, तर उपचार खर्च हामीसँग छैन, छोरालाई कसरी बचाउने भन्ने चिन्ता छ”, उनले भने, “सबैसँग सहयोगका लागि अनुरोध गरेका छौँ।” 

परिवारको आग्रहमा स्थानीय नवसिर्जना र असारे युवा क्लबले आर्थिक सहयोग अभियान सुरु गरेको नवसिर्जना युवा क्बलका अध्यक्ष पूर्णभद्र न्युरेले बताए। आर्थिक सहायताका लागि सङ्कल रोकाका नाममा प्रभु बैङ्कमा रहेको खाता नं. ०६००१५१२५३२०००१६ रकम जम्मा गर्न सकिने जनाइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×