‘द कपिल शर्मा’ शोः कपिलको पारिश्रमिक एक एपिसोडको ५० लाख भारतीय रूपैयाँ

काठमाडौँ - कपिल शर्मा कमेडीको डोज भनेर चिनिन्छन्। पछिल्लो समय उनको व्यक्तिगत जीवनमा निकै उतारचढाब आइरहेको छ। कन्ट्रोभर्सीदेखि डिप्रेशनकाे शिकार भएका कपिलको क्रेज अझै पनि उस्तै रहेको छ।

उनी भारतका महंगा कमेडियन मध्येका एक हुन्। हाल शोको तेस्रो सिजन सक्काएर पुरै टिम क्यानडा भ्रमणमा रहेका छन्। भारतीय सञ्चार माध्यम आजतकका अनुसार ‘द कपिल शर्मा’ शोबाट उनी एक एपिसोडको ५० लाख भारतीय रूपैयाँ लिन्छन्। 

कपिलले तेस्रो सिजनमा आफ्नो पारिश्रमिक बढाउँदै ५० लाख भारतीय रूपैयाँ लिएका थिए। उनी विकेन्डमा १ करोड भारतीय रूपैयाँ लिन्छन्। 

उनले दोस्रो सिजनमा एक एपिसोडको ३० लाख भारतीय रूपैयाँ लिन्थे भने पहिलो सिजनमा उनले २० लाख भारतीय रूपैयाँ लिन्थे। ‘द कपिल शर्मा’ शो तेस्रो सिजनका निर्माता बलिउड अभिनेता सलमान खान रहेका छन्। 

कपिल शर्मा, चन्द प्रभाकर, कृष्णा अभिषेक, किकू शरद र सुमोना चक्रवर्तीलगायत अहिले क्यानडामा छन्। उनीहरू ‘कपिल शर्मा लाइभ’ शो लागि क्यानडा पुगेका हुन्। केही दिनपछि उनीहरू अमेरिका जाने तयारीमा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×