काठमाडाैँ - आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत यूएई विरुद्धको खेलमा नेपाल १० विकेटले पराजित भएको छ। मलेसियाको यूकेएम ओभलमा नेपालले दिएको ९ रनको लक्ष्य पछ्याएको यूएईले १ ओभर १ बलमा पूरा गरेकाे हाे।
यूएईका लागि थ्रेथा सितास ४ रन बनाउँदा लाभन्ने केनियाले ३ रन बनाइन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८ रन बनाएको थियो। नेपालका लागि स्नेहा महराले ३ रन बनाइन। त्यस्तै मनिसा रानाले २ नर बनाउँदा किरण कुवर, अन्जली विश्वकर्मा र अनु कडायतले समान १–१ रन बनाए।
बलिङतर्फ यूएईका लागि माहिका गौरलले ५ विकेट इन्दुजा नजाकुमारले ३ विकेट हात पारे। नपालले दोस्रो खेलमा युएईको सामना गर्दैछ। नेपालले शुक्रबार भएको खेलमा कतारलाई ७९ रनले हराएको थियो।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। शीर्ष टोलीले दक्षिण अफ्रिकाको टिकट काट्ने छन्। यस्तै नेपालले भुटान विरुद्ध सोमबार खेल्दा मंगलबार थाइल्याण्ड र बिहीबार मलेसिया विरुद्ध खेल्नेछ।