पोखरामा १५ घण्टामा २४९ मिलिमिटर वर्षा

काठमाडौँ - पोखरामा झन्डै १५ घण्टाको अवधिमा २४९ मिलिमिटर वर्षा भएको छ। आइतबार बेलुकी ६ बजेदेखि सुरु भएको पानी सोमबार बिहान ९ बजेसम्म निरन्तर पर्दा २४९ मिलिमिटर रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग पोखराका मौसम सहायक सरोज अधिकारीका अनुसार पोखरा विमानस्थलको रेकर्डमा १५ घण्टाको अवधिमा २४९ मिलिमिटर वर्षा भएको छ।

पोखरा विमानस्थलबाहेक लामापाटन, लामाचौर र मालेपाटनमा पनि वर्षाको रेकर्ड गरिन्छ। लामापाटनको रेकर्डमा भने यो अवधिमा ३३४ मिलिमिटर वर्षा भएको छ। 'सबै ठाउँमा एकैनासको वर्षा हुँदैन। कतै धेरै त कतै थोरै पर्न सक्छ। लामापाटनमा बढी परेको रेकर्ड छ,' अधिकारीले भने, 'तर पोखरामा वर्षा मापन गर्दा विमानस्थलको रेकर्डलाई आधिकारिक मान्ने गरिन्छ।' लामापाटनमा केही महिनाअघि स्वचालित वर्षा मापन स्टेसन राखिएको थियो। नागरिक दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×