बराबरीमा रोकियो युनाइटेड

काठमाडौँ - म्यानचेस्टर युनाइटेडलाई ओल्ड ट्राफोडमा गोलरहित बराबरीमा रोक्दै न्युक्यासलले आफ्नो अपराजित यात्रालाई ५ खेल पुर्याएको छ।

पहिलो हाफमा न्युक्यासलका जोइलिन्टनको प्रहार क्रसबार र पोस्टमा लागेको थियो। दोस्रो हाफमा भने घरेलु टोलीले खेलमा सुधार गरेको थियो।

मार्कस रासफोर्ड खेलको अन्त्यतिर गोल गर्न चुकेका थिए। बराबरीपछि एरिक टेन हागको टोली म्यानचेस्टर युनाइटेड लिगको पाँचौ स्थानमा सीमित बनेको छ। न्युक्यासल छैटौँ स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×