काठमाडौँ - युएईसँग नेपालको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा सट्टे वाजी गर्नेहरू पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल भइरहेको समय सट्टे वाजी गर्ने २० जना बढीहरूलाई नियन्त्रणमा लिएको हो।
३ खेलको सिरिजअन्तर्गत नेपाल र युएईबीच १-१ को बराबरीमा रहेको छ। आजको खेल जित्नेले शृङ्खला जित्ने भएका कारण उनीहरू सट्टेवाजीमा लागेका थिए।
सीआईबीले यसअघिका २ खेलमा सट्टे वाजी हुने गरेको सूचनाका आधारमा निगरानी गरिरहेको थियो।