इरान: प्रदर्शनका क्रममा दुई सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ - इरानको सरकारी सञ्चारमाध्यमले देशमा जारी प्रदर्शनका क्रममा दुई सुरक्षाकर्मीको मृत्यु भएको जानकारी दिएको छ।

बासिज अर्गनाइजेशनको आधिकारिक वेबसाइटमा ‘दङ्गा गर्नेको गोली लागेर एकजना सुरक्षाकर्मीको मृत्यु’ भएको जानकारी दिइएको छ। शनिबारको प्रदर्शनका क्रममा इस्लामिक रिभोलुसन गार्ड कोर (IRGC) का एक सिपाहीको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ। मिडिया रिपोर्टका अनुसार अहिलेसम्म आईआरजीसी, बासिज र प्रहरी बलका कम्तीमा २० जवानको मृत्यु भइसकेको छ।

इरानमा हिजाबको विरोधमा प्रदर्शन भइरहेको छ। महसा अमिनीको प्रहरी हिरासतमा सेप्टेम्बर १६ तारिखमा मृत्यु भएपछि आन्दोलन सुरु भएको हो। उनी यसअघि पनि तीन पटक पक्राउ परेकी थिइन्। सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोहरूमा धेरै विद्यार्थी र छात्राहरू विरोध प्रदर्शनमा सहभागी भएको देखिन्छ। 
बीबीसीबाट साभार
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×