एकै खेलमा करणको ५ विकेट

काठमाडौँ - राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसीले ओमानविरुद्धको खेलमा ५ विकेट झार्दै कीर्तिमान कायम गरेका छन्। यससँगै एक दिवसीय र टी-२० आई दुवै फरम्याटका एकै खेलमा ५ विकेट झार्ने करण पहिलो नेपाली खेलाडी बनेका छन्।

अमेरिका भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप छनोट लिग-२ अन्तर्गत ओमानसँगको पहिलो खेलमा १३ रनले पराजित भयो। ओमानले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा १९८ रन बनाउँदा अलआउट भएको थियो। 

नेपालका लागि करण केसीले ५, सन्दीप लामिछानेले २ तथा सोमपाल कामीले १ विकेट गिराएका थिए। करणले आफ्नो स्पेलमा ३८ रन खर्चेर ५ विकेट लिएका हुन्। एक दिवसीय खेलको एकै खेलमा ५ विकेट झार्ने करण नेपालका लागि तेस्रा खेलाडी हुन्। यसअघि स्पिनर सन्दीप लामिछाने र सोमपाल कामीले एकै खेलमा ५ विकेट लिएका छन्। 

एक दिवसीय खेलमा नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ५२ विकेट लिएका छन्। सन्दीपले २३ खेलको २२ इनिङ्समा १६ मेडन राख्दै ५२ विकेट गिराएका हुन्। सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा करण केसी रहेका छन्। करणले १९ खेलको १९ इनिङ्समा नै ३२ विकेट लिएका छन्। उनले १० मेडन राखेका छन्।

समान ३२ विकेट लिएका सोमपाल कामी तेस्रो स्थानमा रहेका छन्। सोमपालले १९ खेलमा खेलमा नै १० मेडन राखेका छन्। १० खेलमा १५ विकेट झारेका सुशान भारी सर्वाधिक विकेट झार्ने खेलाडीको चौथो स्थानमा रहेका छन्। 

करणले यसअघि गत चैत्रमा घरेलु मैदानमा भएको टी-२० आई सिरिजअन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा करणले ५ विकेट लिएका थिए।

टी-२० आईमा नेपालका कुनै पनि खेलाडीले ५ विकेट लिन सकेका थिएनन्। नेपाली टोलीले टी-२० आई क्रिकेटको ५० औँ खेल खेलेको दिन करणले पनि ५० विकेटको आँकडा पूरा गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×