लिभरपुलसँग म्यान्चेस्टर सिटी पराजित

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबल अनतर्गत लिभरपुलले जित निकालेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले म्यान्चेस्टर सिटीलाई १-० गोलले पराजित गरेको हो।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन एकमात्र निर्णायक गोल मोहम्मद सलाहले गरेका थिए। उनले ७६ औं मिनेटमा गोल गरेका हुन्।

योसँगै सिजनको पहिलो हार व्यहोरेको म्यान्चेस्टर सिटी १० खेलबाट २३ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ। लिभरपुल ९ खेलबाट १३ अंकसहित आठौं स्थानमा उक्लिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×