मालीमा २०६ विद्रोही मारिएको सेनाको दावी

एजेन्सी - अफ्रिकी मुलुक मालीमा सेनाको कारबाहीमा २०६ जना बिद्रोही लडाकू मारिएका सेनाले बताएको छ। मालीको सहेल राज्यको मौरा क्षेत्रमा गत केही सातादेखि जारी कारबाहीमा उनीहरु मारिएको मालीको सेनाले दावी गरेको हो। कारबाहीकै क्रममा ५१ जनालाई नियन्त्रणमा लिइएको र उनीहरूबाट ठूलो परिमाणमा हातहतियार बरामद गरेको जनाइएको छ।

दशकौंदेखि हिंसात्मक विद्रोह गर्दै आएको लडाकू समुह पछिल्लो समय सक्रिय हुन थालेपछि सेनाले उनीहरूबिरुद्ध कारबाही तीब्र बनाएको हो। मालीमा द्वन्द्वका कारण हजारौं विस्थापित भइसकेको छन्। सो बिद्रोही समूहले पछिल्लो समय मालीको मोरा गाउँमा गरेको आक्रमणमा ३ सय नागरिकको ज्यान गएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मालीमा इस्लामिक स्टेट (आइएस) र अलकायदा सम्बद्ध बिद्रोही समूह सक्रिय रहेको सरकारको दावी छ।

करिब दुई करोड १० लाख जनसङ्ख्या रहेको मालीका विभिन्न शहरमा सन् २०१२ देखि विभिन्न विद्रोही र लडाकूको नियन्त्रण रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×