पोग्बाले छाडे म्यानचेष्टर युनाइटेड

काठमाडौँ -  फ्रेन्च फुटबल स्टार पाउल पोग्बाले इङ्गलिश प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड छाडेका छन्। पोग्बाले सम्झौता अवधि सकिएसँगै निःशुल्क ट्रान्सफरमा युनाइटेड छाडेको क्लबले जनाएको छ। 

फ्रान्सलाई सन् २०१८ मा विश्वकप जिताएका २९ वर्षीय पोग्बाले विश्व कीर्तिमानसहित सन् २०१६ मा इटालियन क्लब युभेट्सबाट म्यानयुमा आएका थिए। ६ वर्षको अवधिमा पोग्बाले युनाइटेडबाट २२६ खेलमा ३९ गोल गरेका थिए। 

प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड छैटौं स्थानमा धकेलिएर युरोपा लिग मात्र खेल्न पाउने भएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×