मह जोडीको फिल्म 'महापुरूष'को 'बेमौसमी' गीत सार्वजनिक

काठमाडौँ - हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म 'महापुरूष'को दोस्रो गीत सार्वजनिक भएको छ।

मंगलबार काठमाडौँमा एक कार्यक्रम गर्दै फिल्मको 'बेमौसमी' बोलको गीत सार्वजनिक गरिएको हो। एसडी योगीको स्वर तथा संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ भने रिकेश गुरुङको संयोजन रहेको छ।

विवेक रसाइलीले निर्देशन गरेको गीतको भिडिओमा हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइलीलाई देख्न सकिन्छ। पुरुषोत्तम प्रधानले छायांकन गरेको गीतलाई प्रमोद के भण्डारीले कोरियोग्राफी गरेका हुन्। फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन्। फिल्ममा कथा लेखन प्रदीपकै हो।

कात्तिक ११ प्रदर्शनमा आउने फिल्ममा मदनकृष्ण, हरिवंश, गौरी, अरुण अन्जनासँगै रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायत कलाकारको अभिनय रहेको छ। 

दीपक बज्राचार्यले खिचेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र रिदम कँडेलको संगीत, शंकर महर्जनको एक्सन र मित्रदेव गुरुङको सम्पादन रहेको छ। 

षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन्। फिल्मका निर्माता म्याक्स दिपेश खत्री हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×