भारत। बलिउड अभिनेत्री कंगना रनौतको बहुप्रतिक्षित चलचित्र 'तेजस'को प्रदर्शन मिती घोषणा गरिएको छ। कंगनाले आफ्नो सामाजिक सञ्जालमा एक पोस्टर शेयर गर्दै यो कुराको जानकारी दिएकी हुन्। उनले चलचित्रबाट आफ्नो पहिलो झलक पनि सार्वजनिक गरेकी छिन्। पोस्टरसँगै उनले लेखेकी छिन् "तपाईहरुका लागि एक यस्तो महिलाको प्रेरक कथा लिएर आएका छौँ,जसले आकाशमा राज गर्ने निर्णय लिएकी छिन्। 'तेजस' दशहराको मौकामा ५ अक्टुबर २०२२ बाट नजिकैको सिनेमाघरमा प्रदर्शन हुँदैछ।" सर्वेश मेवाडाको निर्देशन रहेको चलचित्रमा कथा पनि निर्देशककै रहेको छ।
