काठमाडौँ - नेपाली फिल्म ‘प्रसाद-२’ निर्माण हुने भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच फिल्म निर्माण गर्ने औपचारिक घोषणा भएको हो।
फिल्ममा विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहने भएको छ। फिल्म निर्देशन सुदर्शन थापाले गर्नेछन्। फिल्म २०७५ सालमा प्रदर्शनमा आएको प्रसादको सिक्वेलको रूपमा निर्माण हुन लागेको हो।
सुशील पाण्डेको निर्देशन रहेको फिल्मलाई केशव पाण्डे र सुभाष थापाले निर्माण गर्न लागेका हुन्। कार्यक्रममा नायक विपिन कार्कीले प्रसादको साखलाई जोगाउने गरेर फिल्म बन्नेमा आशावादी रहेको बताएका छन्। उनले दर्शकलाई फिल्मले निराश नबनाउने प्रतिवद्धता पनि जनाएका छन्।
साथै उनले आफुलाई सञ्चारमाध्यममा पारिश्रमिक नमिल्दा फिल्ममा काम गरेन भन्ने आरोप लागेको तर यो सत्य नभएको स्पष्ट पारे। नायिका नम्रता श्रेष्ठले 'प्रसाद-२' झनै राम्रो हुनेमा विश्वस्त रहेको बताइन्।
फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ, अर्पण थापा, राज कटुवाल, कमलमणि नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारीलगायतको मुख्य अभिनय रहने छ।