वर्षाका कारण सेमिफाइनलबाटै बाहिरिएको महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँ - एसीसी महिला टी-२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। च्याम्पियनसिपमा सेमिफाइनलबाटै बाहिरिएको टोली सोमबार बिहान स्वदेश फर्किएको हो। युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरे पनि वर्षा बाधक बन्दा खेल रद्द भएपछि नेपाल एसिया कप महिला टी-२० क्रिकेट खेल्नबाट वञ्चित भएको थियो।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक जगत टमाटाले लक्ष्यको मुखमै पुगेर बाहिरिनुपरेकोमा दुःख व्यक्त गरेका छन्। समग्रमा नेपालको प्रदर्शन राम्रो भए पनि वर्षाका कारण नेपाल अभागी साबित भएको टमाटाको भनाई छ। अबका दिनमा थप मिहिनेत गरेर टोलीलाई बलियो बनाउने उनले प्रतिबद्ध गरेका छन्। 

 टमाटाले भने,'बुमेन्स क्रिकेटको थुप्रै टुर्नामेन्छ छ। २०२४ सम्म यसलाई कन्टिन्युटि दिनुपर्यो। एक्पोजर भेरी इम्पोर्टेन्ट हो र रेगुलर प्रयाक्टिस। यि कुरा भयो भने हामीहरू धरै माथि जान्छौँ। सबले हाम्रो तारिफ गरेको छ, तर ब्याडलक, एउटै म्याचले गर्दा बाहिर भयौँ। फेरी स्ट्रङ भएर आउनेछौँ।'

नेपाली टोलीकी कप्तान रुविना क्षेत्रीले वर्षाका कारण युएईसँगको खेल रद्द हुँदा धेरै घाटा लागेको बताइन्। युएइजस्तो बलियो टोलीलाई ८० रनमै अलआउट गरेपछि खेल आफूहरूले जित्ने अपेक्षा गरेको तर वर्षाले खेल्न नपाएपछि बाहिरिनुपरेको क्षेत्रीले बताइन्। 

उनले भनिन् ,'प्लेयर्सले आफ्नो काम गरेकै हो। कोचिङ स्टाफहरूले पनि आफ्नो काम गरेकै हो। त्योअनुसार हामीले पर्फम पनि गरेकै हो। अब कोही कोही बेला भनौँ न। जबसम्म लेखिएको हुँदैन तबसम्म आउँदैन कि क्या हो। यत्रो कोसिस गरेर युएई जस्तो टोलीलाई अहिलेको अवस्थामा अलआउट गरेर ८१ रनमा रोक्नु भनेको धेरै ठूलो एचिभमेन्ट हो। अलआउट गरेर ड्रेसिङ रुममा गयौँ, हामीलाई थाहा पनि थिएन पानी परेको हामी ब्याटिङ गर्न तयार थियौँ, क्लाइमेट हेरेर ५ ओभर चाहिँ खेल हुन्छ भन्ने अपेक्षा थियो। तर पानी पर्‍यो जितेको म्याच नखेलीकन आउनुपर्दा नराम्रो लाग्यो।'

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×