पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने

काठमाडौँ - पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने भएको छ । नेपाल आयल निगमले आगामी  साउनदेखि डिजेल र   पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने  भएको हो । स्वचालित मूल्य प्रणाली लागू हुँदा अन्तर्राष्ट्रिय बजार मा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ ।

सरकारको आगामी आर्थिक वर्ष २०७९/८०  को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख छ । सोही अनुरूप स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । यसअघि २०७१ असोज  २४  देखि  पेट्रोलियम  पदार्थमा  स्वचालित मूल्य  प्रणाली  लागू  गरिए  पनि  प्रभावकारी  कार्यान्वयनमा आउन सकेको  थिएन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्न मूल्य बढाउनुपर्ने सरकारको बाध्यता रहेको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×