काठमाडाैं । केही दिनदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजार २८ सयको बिन्दुभन्दा पनि तल लागेको छ । सेयर बजार मापक नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आउन थालेको छ ।
साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३८.४२ अङ्कले ओरालो लागेर २७७६.६५ को बिन्दुमा पुगेर रोकिएको छ ।
सेन्सेटिभ इन्डेक्स पनि ६.६० अङ्कले ओरालो लागेर ५१८.३४ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा बुधबारको शेयर बजार १.३६ प्रतिशत र सेन्सेटिभ इन्डेक्स १.२६ प्रतिशतले ओरालो लागेको छ । áमङ्गलबार नेप्से ५.५९ अङ्कले ओरालो लागेर २८१५.०६ को बिन्दुमा रोकिएको थियो । पछिल्लो चार कारोबार दिनमा मात्रै नेप्से सूचक डेढ सय अङ्कभन्दा बढीले ओरालो लागेको छ ।
चौथो दिन दिनभर २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर खरिद बिक्री हुँदा चार अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपियाँ बराबरको कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा एक अर्ब आठ करोड रुपियाँले कमी हो । बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक ओरालो लागेको छ ।
फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.४२ प्रतिशतले घटेको छ भने लगानी २.१७ प्रतिशत, विकास बैङ्क १.६९ प्रतिशत, जीवन बीमा १.६९ प्रतिशतले ओराला लागेका छन् । झर्यो नेप्से २८ सयभन्दा तलनेप्से परिसूचक ३८.४२ अङ्कले ओरालो लागेर २७७६.६५ को बिन्दुमा पुगेर रोकिएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।