मल्टिप्लेक्समा ‘थोर’को आक्रामक ओपनिङ संकेत, ‘दोख’को भविष्य ‘वर्ड अफ माउथ’मा

काठमाडौँ - मार्भल स्टुडियोको हलिउड सुपरहिरो फिल्म ‘थोर : लभ एण्ड थन्डर’ले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङको संकेत दिएको छ। बिहीबार मध्यान्हसम्म क्यूएफएक्स, आईएन आईसहितका मुख्य मल्टिप्लेक्सको बिहानी शोको ५० प्रतिशतभन्दा बढी टिकट अग्रिम बिक्री भएको हो।

वान सिनेमाज र बिग मुभिजमा पनि यस्तो ट्रेण्ड देखिएको सञ्चालकले जनाएका छन्। आईएनआई प्रमुख सुरेन्द्र थापाले सिनेप्लेक्ससहितका आउटलेटमा शुक्रबारको पनि बिहानी शो सोल्डआउट भइसकेको बताएका छन्।

क्यूएफएक्समा बिहानी शो लगभग सोल्डआउटको स्थितिमा रहेको छ। बिहीबार बेलुकासम्म शतप्रतिशत पुग्न सक्ने जनाइएको छ। चर्चित सुपरहिरो फिल्म थोरको सिक्वेल भएकाले पनि दर्शकमाझ यसको प्रतीक्षा रहेको थियो।

यसैबीच, भोलि नै रिलिज तयारीमा रहेको नेपाली फिल्म ‘दोख’को व्यावसायिक भविष्य भने यसको वर्ड अफ माउथमा निर्भर हुनेछ। अनुप बराल निर्देशित यो सोसल ड्रामाले ट्रेलरबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको छ। ‘दोख’लाई १६ वर्षभन्दा मुनिका दर्शकलाई हेर्न अनुमति दिइएको छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×