म्याराडोनासँग मेस्सीको बराबरी

काठमाडौँ - लियोनल मेस्सीले विश्वकप फुटबलमा आफ्नो गोल संख्या ८ पुराउँदै डिएगो म्याराडोनासँग बराबरी गरेका छन्। कतार विश्वकपअन्तर्गत शनिबार राती मेक्सिकोविरुद्ध गोल गर्दै मेस्सीले म्याराडोनासँग बराबरी गरेका हुन्।

विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी भने गाब्रियल बाटिस्टुटा हुन्। उनले १ गोल गोल गरेका थिए। अब २ गोल थपेको अवस्थामा मेस्सीले बाटिस्टुटाको कीर्तिमान पनि बराबरी गर्नेछन्। मेस्सी अर्जेन्टिनाका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्। उनको गोल संख्या ९३ पुगेको छ।

मेस्सीले अर्जेन्टिनाका लागि खेलेका पछिल्ला ६ खेलमा लगातार गोल गरेका छन्। जारी विश्वकपमा पहिलो खेलमा पनि उनले साउदी अरबविरुद्ध गोल गरेका थिए। साउदी अरबसँग पराजित भएपछि दबाबमा परेको अर्जेन्टिनालाई मेक्सिकोविरुद्ध २-० गोलको जित दिलाउन मेस्सीले १ गोल र १ असिस्ट गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×