दर्शकलाई सुहानाको प्रश्न: साउथ फिल्मबाट हामीलाई सिक् सिक् भन्नुभयो आफुले चाहिँ के सिक्नु भो?

काठमाडौँ - आगामी बैशाख १ गतेबाट रिलिज हुन लागेको नेपाली कथानक चलचित्र 'ए मेरो हजुर ४' दक्षिण भारतिय फिल्म 'केजिएफ-२'सँग एक साथ प्रदर्शनमा आउन लागेको छ। 'ए मेरो हजुर ४' सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो भने यसलाई अभिनेत्री एवं निर्देशक झरना थापाले निर्देशन गरेकी छिन्। अनमोल र सुहानाको मुख्य भूमिका रहेको यस फिल्ममा सलोन बस्नेतको पनि अभिनय देख्न सकिन्छ। यस फिल्मको कथा छेतेन गुरुङले लेखेका हुन् भने यसमा झरना थापा, छेतेन गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माको स्क्रीन प्ले र डाइलग रहेको छ। 

यस फिल्मको प्रचारका लागि निर्माण पक्ष अहिले तदारुकताकासाथ अघि बढि रहेको छ। दक्षिण भारतिय फिल्म 'केजीएफ -२'सँग एकसाथ प्रदर्शन हुने हुँदा 'ए मेरो हजुर ४'को निर्माण पक्षलाई फिल्मले कस्तो नतिजा ल्याउला भन्ने ठूलो चटारो परेको छ। फिल्मको प्रचारका क्रममा फिल्मकी अभिनेत्री सुहाना थापाले दक्षिण भारतिय फिल्मका बारेमा प्रस्तुत गरेका आफ्ना अभिव्यक्ति अहिले सामाजिक संजालमा निकै चर्चाको विषय बनेको छ।

उनले साउथ फिल्मबाट फिल्मकर्मीहरुलाई त सिक्नु भनेर दर्शकहरुले भन्ने गरेको तर दर्शकहरुले चाहिँ साउथ फिल्मबाट के सिके भन्ने आशय सहित आफ्नो अभिव्यक्ति दिएकी छिन्। "'सिक्नु त साउथ फिल्मबाट सिक्नु?' रे अनि तपाईंले चाहिँ के सिक्नु भयो साउथ फिल्मबाट?" उनले भनिन् , "तपाईंलाई थाहा छ साउथमा VFX जब खत्तम थियो त्यो यहाँ लोटा फ्याल्दाखेरी उहाँ छ्यामछ्यामछ्याम गरेर सबै मान्छेलाई हान्थ्यो। त्यस्तो VFX को कन्डिसनमा पनि साउथ फिल्मको दर्शकहरुले वाह! वाह! हुटिङ दिन्थे हैन?"

उनले साउथ फिल्महरुको अवस्था कमजोर हुँदा पनि दर्शकहरुको साथ र समर्थनका कारण नै अहिले ठूलो बजेटमा फिल्म निर्माण गर्न सफल भइरहेको भन्दै दर्शकहरुलाई आफ्नो मौलिक फिल्महरुलाई समर्थन गर्न घुमाउरो पाराले आग्रह गरेकी छिन्। 

"अहिले त्यही हुटिङ र सम्मानले गर्दा साउथ फिल्मले ९०० करोडको फिल्म बनाउन सफल भयो । तपाईंले चाहिँ के सिक्नु भयो?" उनले थपिन्, "हामीलाई चाहिँ सिक् सिक् भन्नुभयो आफुले चाहिँ के सिक्नु भयो? सोच्नुस् न एकचोटि भन्न चाहन्छु।" 


यस अभिव्यक्तिले 'केजीएफ-२' सँगै प्रदर्शनमा आउनलागेको 'ए मेरो हजुर -४'लाई कत्तिको सफलता दिन सक्षम हुन्छ त्यो भने हेर्न बाँकी नै छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×