अबको १० दिनमा नेपालमा मनसुन भित्रिने, यो वर्ष अत्यधिक वर्षा हुने चेतावनी

काठमाडौँ । नेपालमा अबको १० दिनमा मनसुन भित्रिने भएको छ । कोशी प्रदेशबाट अबको १०–१२ दिनभित्र मनसुन भित्रिने विज्ञहरूको अनुमान छ । मनसुनजन्य विपद्बाट बच्न पूर्व तयारीका लागि अब एक हप्ताको समय मात्रै रहेको भन्दै विज्ञहरूले सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका छन् । जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले अबको १० दिनमा कोशी प्रदेशबाट मनसुन भित्रिने र विकसित हुँदै सुदूरपश्चिमसम्म पुग्दा १५ देखि २० दिनसम्मको समय लाग्ने बताए ।

उनले यो वर्ष अत्यधिक वर्षा हुने पूर्वानुमान रहेकाले तदनुसारका योजना बनाई तयारीमा जुट्न आग्रह गरे । उनले गृह मन्त्रालय, आपत्कालीन अवस्थामा खटिने सुरक्षानिकाय, स्वयंसेवक, रेडक्रसदेखि जल तथा मौसम विज्ञान विभाग र प्रदेश एवं स्थानीय सरकारले आजैबाट विपद्पूर्व तयारीका काम गर्न र तयारीमा जनशक्ति परिचालन गर्न आग्रह गरेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×