काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज आइतबारका लागि ११ वटा इजलास तोकेका छन्।
प्रधानन्यायाधीश जबराले १० वटा संयुक्त इजलास तोक्दा एउटा एकल इजलास तोकेका हुन्। उनले आफ्ना लागि भने कुनै इजलास तोकेका छैनन्। प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोन गर्दै इजलास बहिष्कार गर्दै आएका सर्वोच्चका न्यायाधीशहरूले २४ दिनपछि शुक्रबारबाट नियमित मुद्दा हेरेका थिए। बिहीबार प्रधानन्यायाधीश राणा बाहेकका १८ जना न्यायाधीशको सहभागितामा बसेको सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले मुद्दाको पेशी तोक्दा गोलाप्रथा प्रणाली अपनाउने निर्णय गरेपछि शुक्रबारदेखि न्यायाधीशहरू नियमित सुनुवाइमा फर्किएका हुन्।
गोलाप्रथा प्रणालीका लागि राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी भइरहेको छ।