काठमाडौँ - महानवमी पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ। आज दुर्गा भवानीको पूजा आराधना गर्नका साथै दसैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलि दिइन्छ। आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ। त्यस्तै, घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ।
महानवमीमा कोतहरुमा कोतपूजा र निशाना पूजा पनि गरिन्छ। हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ। सोमबार बिहान नै हनुमानढोकामा पनि बोका र राँगाको बलि दिइएको छ।