चन्द्रागिरी नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिताका उपाधि वडा १५ लाई

काठमाडाैं । ‘चन्द्रागिरी नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७८’ को उपाधि चनपा वडा नं १५ ले चुमेको छ । नगरपालिकाको सर्वाधिक राशिको सो प्रतिप्रतियोगितामा उसले वडा नं १४ लाई एक गोलका विरुद्ध तीन गोल गर्दै रु ८० हजारसहित ट्रफी र पदक चुुमेको छ भने वडा १४ दोस्रो भई रु ४० हजारसहित ट्रफी र पदक हात पारेको छ । 

चनपा–९ स्थित मच्छेगाउँमा नवनिर्मित मत्स फुटसल एरिनामा शनिबार साँझ सम्पन्न सो प्रतिस्पर्धात्मक खेलमा वडा नं १५ का तर्फबाट खेलाडी समीर कार्की, दिनेशसिंह खड्का, अविरल रिजाल, रञ्जन श्रेष्ठ, राहित थापा, सञ्जय कपर, अभय खड्का, सुजित रावत, प्रज्वल कार्की र सुशन घिमिरे मैदानमा उत्रनुभएको थियो ।

यसैगरी दोस्रो स्थान प्राप्त गरेको वडा नं १४ का तर्फबाट डेनियल श्रेष्ठ, विजय थापा क्षेत्री, सहिल राना, राजीव श्रेष्ठ, दिलकुमार महर्जन, अजित महर्जन, रयन महर्जन, सुरज महर्जन, सुमीप कार्की र सन्दीप रानामगरले भाग लिनुभएको थियो ।

पश्चिम संयुक्त क्लबको संयोजन तथा चनपाद्वारा आयोजित सो प्रतियोगितामा नगरका १५ वडाका १८ टिमले भाग लिएका थिए भने खेल अन्तर्राष्ट्रिय नियमानुसार खेलाइएको थियो । यसैगरी प्रथम चन्द्रागिरि वडा जनप्रतिनिधि÷कर्मचारी कप फुटसल प्रतियोगिताको उपाधि चनपा वडा नं ५ ले हात पारेको छ । सो वडाका तर्फबाट रविन महर्जन, कान्छाभाइ महर्जन, हरिश महर्जन, रिकेश श्रेष्ठ र पुष्कर पोखरेलले प्रतियोगितामा भाग लिएका थिए भने दोस्रो स्थान प्राप्त गरेको वडा नं १४ का तर्फबाट विसु कार्की, श्रीथापा, मीनबहादुर श्रेष्ठ, हेमन्त महर्जन र दीपक श्रेष्ठको सहभागिता थियो ।

ती दुवै प्रतियोगिताको प्रथम र द्वितीय हुने टिमलाई चनपाका प्रमुख घनश्याम गिरी, वडा नं ५ का वडाध्यक्ष कान्छाभाइ महर्जन तथा क्लबका अध्यक्ष रामनारायण घिमिरेले संयुक्तरूपमा नगदसहित ट्रफी र पदक प्रदान गर्नुभयो । सोही अवसरमा उहाँहरुले उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई नगद पाँच/पाँच हजारसहित ट्रफी र पदक प्रदान गर्नुभयो ।

प्रतियोगिताको उत्कृष्ट टिमको उपाधि वडा नं १५ ले प्राप्त गरेको थियो । उत्कृष्ट गोलकर्ता सोही टिमका अबिरल रिजाल र उत्कृष्ट गोलपिकर सोही वडाका सुशन घिमिरेले प्राप्त गर्नुभएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×