काठमाडौँ - इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुल र एभर्टनले बराबरी खेलेका छन्।
एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।
खेल अवधिभर लिभरपुल बलियाे देखिए पनि गोल गर्न सकेन। लिभरपुल ६ खेलमा ९ अङ्कका साथ पाँचौँ स्थानमा र एभर्टन ४ अङ्कका साथ चौधौँ स्थानमा रहेको छ।