पाँचथर - पाँचथरमा एक युवकको लेक लागेर मृत्यु भएको छ। चौरी गोठ जाँदा उनको मृत्यु भएको हो। जिल्लाको फालेलुङ गाउँपालिका बस्ने ३१ वर्षीय विशाल मगरको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।
बुधबार राती साँढे १२ बजेतिर विशाल र उनका भाइ चौरी गोठ गएका थिए। हिउँ परेका कारण घर फर्किने क्रममा धुपीडाँडा भन्ने ठाउँमा आइपुग्दा विशाललाई लेक लाग्नाले हात खुट्टा नचलेको बताइएको छ। प्राप्त सुचनाका आधारमा प्रहरी टोली बिहिबार बिहान ३ बजे उक्त स्थानमा पुग्दा उनी मृत अवस्थामा फेला परेका थिए।
प्रहरीले घटनास्थललाई सुरक्षित गरेको छ र घटना बारे आवश्यक अनुसन्धान अझै भइ रहेको प्रहरीले जनाएको छ।