काठमाडौँ - 'ट्रेमर्स', 'हेनरी' एन्ड 'जुन' जस्ता फिल्ममा गरेको भूमिकाका कारण दर्शकको मनमा बस्न सफल हलिउड अभिनेता फ्रेड वार्डको ७९ वर्षको उमेरमा हालै निधन भएको छ।
उनको निधनको कारण भने खुलेको छैन। निधनको खबर उनका सहयोगी रन हाफम्यानले सार्वजनिक गरेका हुन्। चार दशक भन्दा बढी समयदेखि हलिउड फिल्म क्षेत्रमा सक्रिय उनी पछिल्लोपटक टु डिटेक्टिभ नामक टेलिभिजन कार्यक्रममा देखिएका थिए।
गोल्डेन ग्लोबजस्तो प्रतिष्ठित अवार्ड चुमेका फ्रेड फिल्म सर्ट कर्टसमा गरेको अभिनयका लागि भेनिस फिल्म फेस्टिभलमा पुरस्कृत भएका थिए।