हेमराज बिसी र सरोज न्यौपानेले मिलेर चलचित्र बनाउँदै

काठमाडौँ। हेमराज बिसी र सरोज न्यौपानेले मिलेर चलचित्र बनाउने भएका छन्। हेमराज बिसीको निर्देशन रहने चलचित्रका निर्माता सरोज न्यौपाने रहनेछन्। हाल उक्त रोमान्टिक कमेडी विधामा आधारित चलचित्रको प्रि-प्रोडक्सनको काम भइरहेको जनाईएको छ। 

खबरका अनुसार चलचित्रको कलकार छान्ने लगायतका काम सकिएपछी औपचारिक रूपमै चलचित्रको घोषणा गरिनेछ। यसअघि यो जोडीले ‘सम्बोधन’ र ‘ग्याङ्स्टार ब्लुज’ चलचित्र बनाइसकेको छ। चलचित्रको छायांकन नेपाल, अष्ट्रेलिया र अमेरिकामा गरिने जनाईएको छ। हेमराज बिसीको लेखन रहेको चलचित्रका कार्यकारी निर्माता बुद्ध केसी रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×