प्रिमियर लिगमा आज पाँच खेल

काठमाडौँ - प्रिमियर लिग फुटबलमा आज ५ वटा खेलहरू हुँदैछन्। आज हुने खेलमा दोस्रो स्थानमा म्यानचेस्टर सिटीले फुलहमसँग प्रतिस्पर्धा गर्दैछ।

२ टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ८ः४५ मा सुरु हुनेछ। घरेलु मैदानमा हुने खेलमा सिटी सहज जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ। यता फुलहम पनि आजको खेलमा जित निकाल्दै तालिकाको एक स्थान माथि उक्लने योजनामा छ। सिटी १२ खेलबाट २९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ भने फुलहम १३ खेलबाट १९ अंक जोडेर तालिकाको सातौँ स्थानमा रहेको छ।

यसै समयमा हुने अर्को खेलमा नटिङहम फरेस्टले ब्रेन्टफोर्डसँग प्रतिस्पर्धा गर्दा उल्भ्सले ब्राइटनलाई आथित्यता प्रदान गर्दैछ। यता लिड्स युनाइटेडले बर्नमाउथसँग प्रतिस्पर्धा गर्दैछ। आज हुने अन्तिम खेलमा एभर्टनले लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×