टिपरले ठक्कर दिँदा २६ वर्षीय युवकको मृत्यु

काठमाडौँ - पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ रञ्जीतपुरमा आज भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको विद्युत् कार्यालय बोदेबर्साइनको प्रदेश २–०१–००१ च ०३३४ नं को बोलेरो गाडीलाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख २६५८ नं को टिपरले पछाडिबाट ठक्कर दिएको थियो। सो ठक्करबाट बोलेरोका चालक बोदेबर्साइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, बोदेबर्साइन नगरपािलका–१० का ३० वर्षीय शैलेश यादव, ३० वर्षीय महेश चौधरी, वडा नं ५ का २६ वर्षीय बृजेशकुमार यादव, ३० वर्षीय जयशङ्कर साह र सिरहाको लहान नगरपालिका–८ का ३५ वर्षीय अरुणकुमार सिहं घाइते भएका छन्।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×