एमाले महाधिवेशन :  प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश

चितवन । नेकपा (एमाले)को सौराहामा जारी  १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गएरातिको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले  प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश गर्नुभयो  ।

उनले बन्दसत्रमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए। पदाधिकारीमा अध्यक्ष ओली र  वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल छन् । यसैगरी  उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य , सुरेन्द्र पाण्डे , रामबहादुर थापा ‘बादल’ , सुवास नेङ्वाङ  र  विष्णु पौडेललाई प्रस्ताव गरिएको छ ।

यसैगरी  महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल  तथा सचिवमा टोपबहादुर रायमाझी, रघुविर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याल छन् । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×