एजेन्सी- सिरी एको मिलान डर्र्वीमा एसी मिलानले जित निकालेको छ। गएराति भएको खेलमा एसी मिलानले इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
एसी मिलानलाई जित दिलाउनको लागि ओलिभर जिराउट नयाक बने। एसी मिलानको लागि दुबै गोल उनले नै गरे । इन्टर मिलानको लागि इभान पेरिससले गरेको गोल सान्त्वना बन्यो।
खेलको ३८औँ मिनेटमा इभानले गोल गर्दै इन्टर मिलानलाई अग्रता दिलाएका थिए। तर इन्टर मिलानले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन।
खेलेको ७५औँ मिनेटमा जिराउडले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। ७८औँ मिनेटमा जिराउडले नै गोल गर्दै एसी मिलानलाई २-१ को अग्रता दिलाए । त्यसपछि दुबै टोलीबाट थप गोल हुन नसक्दा खेल एसी मिलानले जित्यो।
हारका बाबजुद पनि इन्टर मिलन लिगको शीर्षस्थानमा रहेको छ। उसले २३ खेलबाट ५३ अंक जोडेको छ। जित निकालेको एसी मिलान दोस्रो स्थानमा रहेको छ। इन्टर मिलानभन्दा एक खेल बढी खेलेको एसी मिलानको ५२ अंक रहेको छ।