आईपीएलमा आज २ खेल हुँदै

काठमाडौँ - इण्डियन प्रिमियर लिग आईपीएलमा शनिबार २ खेल हुँदैछन्।

भारतको मुम्बईस्थित वेन्खेडे स्टेडियममा आज हुने पहिलो खेलमा पन्जाब किङ्ग्स र राजस्थान रोयल्स अपराह्न पौने ४ बजेबाट भिड्दैछन्। पन्जाब छैँटौँ जितको खोजीमा छ भने राजस्थान सातौँ जित निकाल्न चाहन्छ। पन्जाब १० अंकसहित तालिकाको सातौँ स्थानमा हुँदा राजस्थान १२ अंकसहित तेस्रो स्थानमा रहेकाे छ।

पुणेमा हुने अर्को खेलमा लखनउ सुपर जायन्ट्स र कोलकत्ता नाईट राईडर्सबीचको खेल राति पौने ८ बजेबाट हुनेछ। लखनउ आठौँ जितको खोजीमा छ भने कोलकत्ता पाँचौँ जित निकाल्न चाहन्छ। लखनउ १४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने कोलकत्ता ८ अंकसहित तालिकाको आठौँ स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×